काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले ४० केन्द्रीय विभाग गाभेर १७ वटा स्कुल स्थापना गर्ने भएको छ । त्रिविको आगामी वर्षको बजेट कार्यक्रममा विभाग खारेज गर्ने व्यवस्था गरिएको हो । कतिपय विभागका विद्यार्थीभन्दा अध्यापकहरूको संख्या धेरै छ । डिन कार्यालय र कतिपय विभागले मिल्दाजुल्दा विषयको पठनपाठन ग...